युएईलाई ३१ रनले हराउँदै पाकिस्तान फाइनलमा

शुक्रबार २० भदौ २०८२
एजेन्सी / पाकिस्तानले यूएईलाई ३१ रनले हराउँदै त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ।
शारजाह क्रिकेट मैदानमा सिरिजको पाँचौं खेलमा
बिहीवार फखर जमनले नटआउट ७७ रन प्रहार गरे । अबरार अहमदले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो। सुरुवातमा साहिबजादा फरहान (१६), साइम अय्युब (११) र कप्तान सलमान अली आगा (७) सस्तै आउट हुँदा टोली दबाबमा परेको थियो।
तर फखर र मोहम्मद नवाजले छैटौं विकेटका लागि अविजित ९१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। नवाजले २७ बलमा ३७ रन प्रहार गरे।
फखरले ४४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै आफ्नो १२औं टि ट्वान्टी आईमा अर्धशतक पूरा गरे। यूएईका हैदर अलिले ४ ओभरमा १७ रनमात्र दिएर २ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा यूएईले पावरप्लेमा विकेट नगुमाई ४१ रन बनायो। तर सातौं ओभरमा अबरारले कप्तान मुहम्मद वासिमलाई आउट गरेपछि खेल पल्टियो। उनले त्यसपछि लगातार विकेट लिँदै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए। नवाजले एक विकेट झारे।
ओपनर अलिशान शराफुले ५१ बलमा ६७ रनको उत्कृष्ट इनिङ खेले । तर ब्याटरले साथ दिन नसक्दा यूएई २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रनमै सीमित भयो।
अब फाइनलमा पाकिस्तानले आइतवार शारजाहमै अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE