शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कर्णाली राजमार्गको गगने खोलामा पहिरो खस्दा यात्रुहरूलाई असुविधा, ढुवानीमा समेत समस्या

  • 90
  •  
  •  
  •  
  •  
  •  
  •  
    90
    Shares

शुभकालिका गाउँपालिका–१

बिहिवार १९ भदौ २०८२

काठमाडौ / कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा बुधबार राति  पहिरो खसेको छ ।‎

शुभकालिका गाउँपालिका–१ मा यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

‎‎प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।

तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

‎‎राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x