शिव थारुको थारु कथानक लघु चलचित्र “लैहरा”को शुभ- मुर्हत सम्पन्न

मङ्गलबार १७ भदौ २०८२
सप्तरी / पछिल्लो समयदेखि मधेस प्रदेशमा विभिन्न भाषा भाषी स्थानीय भाषाका चलचित्र, लघु चलचित्र,कमेडी होडबाजी चलेको छ ।
त्यही सन्दर्भमा (सोमबार) थारु कथानक लघु चलचित्र “लैहरा”को शुभ-मुर्हत सम्पन्न भएको छ ।
भदौ सोमबार १६ गतेको शुभ सायत हेरेर सुरूङ्गा ८ सप्तरी मुसहरनिया माता मन्दिरको प्राङ्गणमा थारू कथानक लघु चलचित्र “लैहरा” को शुभ मुर्हत सम्पन्न गरेको हो ।
फोकस सिने आर्टको ब्यानरमा पहिलो चलचित्र थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य शिव नारायण चौधरीद्वारा शुभ मुर्हत गरेका छन ।
शिव थारु द्वारा निर्देशित चलचित्र लहैरामा मुख्य भुमिका हरे कृष्ण चौधरी (फेकुवा) र आचल चौधरीका छन । त्यसै गरि राष्ट्रीय कलाकार मन्चका केन्द्रीय सदस्य प्रमोद चौधरी, थारु साहित्यकार मिहिलाल शिव थारु समाजसेवी रामशरण चौधरी,अतिथि कलाकार अधिकलाल यादव र सोनु राज भारतिय कलाकार हरुको उपस्थीतीमा सम्पन्न भएको छ ।
त्यसैगरी निर्मात्री जसो कुमारी चौधरी,
सह निर्माता मिहि लाल चौधरी / रतन कुमारीले गरेका छन । गित, संगीत हरे कृषण चौधरी संगीत संयोजन भारतिय शिवम लाल यादव , स्वर हरे कृष्ण चौधरी, सुधा सुमन (भारत) को रहेका छन् भने, क्यामराम्यानमा धनराज चौधरी रहेको छ ।
आउन लागेको थारुहरुको जितिया पर्वको समयमा लैहरा (माइती घर)को बिशेष चर्चामा एउटी नारीले आफ्नो लैहरा (माइती घर) प्रति आसा बोकेर बसिरहेका हुन्छिन् कि मेरो माइतीबाट मलाई लिन आउछ,माइती गएर सबै साथी सङ्गिनीहरुसङ्ग हास्ने, खेल्ने र बाल्यकालको कुराहरु गर्ने भनी यी कुराहरूलाई चित्रण गरि यस चलचित्रका लेखक तथा निर्देशक शिव थारु बताउछन ।


RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE