शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

अमेरिकाद्वारा नेपाल प्रहरीलाई  सहयोग

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

बिहीबार १२ भदौ  २०८२

काठमाडौँ / अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई   ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताउँदै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारीे बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताउनुभयो

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x