शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

सोमबार २ साउन २०८२

काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मुलुकको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सक्दिन्। शातसँग अनुभूत गर्न सकिन। मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिमा संलग्न हुने रहर पटक्कै थिएन। राजनीतिले बिगारेको समाजलाई सुधार गर्नका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं। म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने।

अभियान मात्र चलाउँदा कोठामा ताला लगाउने भएकाले संविधान अनुसार आइज पार्टी खोल भन्नेहरु धेरै भएको भन्दै अब केही समयमा नै दलको नाम सार्वजनिक गरिने उनले जानकारी दिए।

त्यस्तै गते चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x