शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रतिनिधिसभा बैठक बस्दै,आज यी पाँच मन्त्रालयसम्बन्धी मौखिक प्रश्न र विधेयकमाथि छलफल

Spread the love

बुधबार २८ साउन २०८२

काठमाडौ / सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १ बजे नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक पनि बस्नेछन्। यी बैठकहरूमा वैकल्पिक विकास वित्त, कैलाली कारागार घटना, भूमिसम्बन्धी संशोधन विधेयक र महालेखापरीक्षकको ६२औँ प्रतिवेदनका विषयमा छलफल हुने कार्यक्रम छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x