शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

मङ्गलबार २० साउन २०८२

काठमाडाैं / सशस्त्र प्रहरी बलमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ।

रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा  सिफारिस गरिएको हो।

जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यांकन  लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र  यसले संगठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला बृद्धि हुने विश्वास गरिएको शसस्त्र प्रहरीले जनाएकाे छ।

सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षमा  बढुवा सिफारिसमा  दोश्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु  तेश्रो ब्याच, सोही ब्याचका बैकल्पिक समुहमा परेका तथा चौथो ब्याचबाट जेष्ठता, व्यावसायिक क्षमता  तथा कार्य सम्पादन मूल्यांकनलाई समेत आधार मानेर गरिएको छ। यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा  बढुवा सिफारिस भएका अधिकृतहरु ९ औं ब्याचका रहेका छ्न्।

मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको थियो।

बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x