शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

अदालतको अवहेलना गर्ने र विकास रोक्नेलाई कारवाही हुनुपर्छ : मेयर साह

  • 333
  •  
  •  
  •  
  •  
  •  
  •  
    333
    Shares

 

शुक्रबार ९ साउन २०८२
रौतहट / रौतहटको मौलापुर नगरपालिकाको आइटी चौकको सडक कालोपत्रे भएको छ । बर्षौदेखी सो सडक कालोपत्रे गर्न नदिन अवरोध गरिनुका साथै षडयन्त्र भइरहेको थियो । अदालतको आदेशपछि पनि सडक कालोपत्रे गर्न नदिई अवरुद्ध गर्ने प्रयास भएपछि स्थानीयबासिन्दा, समाजसेवी, प्रहरी, प्रशासनको सहयोगमा सो सडक कालोपत्रे भएको हो ।

मौलापुर नगरपालिका मेयर रिनाकुमार साहले लामो समयको प्रयास र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेशपछि स्थानीय, समाजसेवी, प्रहरी प्रशासनको सहयोगमा सडक कालोपत्रे भएको जनाएकी छन् ।

‘हामीले सडक कालोपत्रे गर्न खोज्दा अवरोध गर्ने, षडयन्त्र गरेर रोक्ने काम विगतजस्तै भयो । अदालतको आदेश पनि नमान्ने र सडक कालोपत्रे अवरोध गर्नेलाई कारवाही हुनुपर्छ । तर यहाँ उल्टै प्रचार गरेर षडयन्त्र गर्न खोजेपनि उनीहरु सफल भएनन्,’ मेयर साहले भनिन् ।

बिहीबार सो सडक कालोपत्रे गर्न खोज्दा एक नामधारी पत्रकारले अदालतको आदेश अवहेलना गर्ने, रोक्ने, अवरुद्ध गर्ने काम गर्न थालेपछि स्थायीले लखेटेका थिए । लखेटने बेलामा स्थानीयसंग धकेलाधकेली समेत भएको थियो । तर ति पत्रकारले आफूलाई कुटपिट गरेको भन्दै अपवाह फैलाउदै नेपाल पत्रकार महासंघलाई समेत गुमराहमा पारेर कुटपिट भएको भन्दै विज्ञप्ती निकाल्न लगाए ।

‘पत्रकार भनेपछि के अदालतको आदेश विपरित जान मिल्छ ? अदालतको आदेश मान्नु पर्दैन ? विकास विरोधी कुरा गर्न मिल्छ ? विकासका काम रोक्न मिल्छ ? अदालतको आदेश कार्यान्वयन गर्दै विकासका काम अगाडी बढाउनमा सहयोग गर्नु र अदालतको आदेश नमान्नेको बारेमा जनतालाई जानकारी गराउँनु पर्नेमा उल्टै विकास विरोधी गतिविधि गर्ने र त्यस्तो कार्यमा मलजल गर्नुलाई प्रशासनले कारवाही गर्नुपर्ने हो,’ मेयर साहले भनिन् ।

 

यसैबीच, आम जनता पार्टी (आजपा)का रौतहटका अध्यक्ष नरेश प्रसाद तुरहाले जनतामा भ्रम फैलाउने उदेश्यले नियोजित र प्रायोजित रुपमा काम गर्नेलाई कारवाही गर्नुपर्ने माग गरे । विपक्षीको इशारा र आर्थिक स्वार्थका लागि काम गर्नेलाई स्थानीयले नै लखेको बताउदै उनले त्यस बिषयलाई अतिरञ्जित गर्न खोजेकोमा त्यसबाट सचेत रहन आग्रह समेत गरेका छन् ।

यस्तै, आजपा निकटको आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साहले नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिले जारी गरेको प्रेस बिज्ञप्तीप्रति ध्यानाकर्षण भएको जनाएका छन् । बिज्ञप्तीमा आजपा अध्यक्ष एवं सांसद प्रभु साह सहित आफूसहितको नाम जोडेर तथ्यहीन, एकपक्षीय र नियोजित आरोप लगाइएकोमा साहले खण्डन गरेका छन् ।

‘उक्त बिज्ञप्तीमा उठाइएको शारीरिक आक्रमणको आरोप पूर्ण रुपमा मनगढन्ते, भ्रमपूर्ण र पूर्वनियिोजित चरित्र हत्या अभियानको एक हिस्सा हो । केही स्वार्थी राजनीतिक व्यक्ति र तिनका संरक्षणमा रहेका व्यक्तिहरुले पत्रकारिता जस्तो गरिमामय पेशालाई ढाल बनाएर मेरो सामाजिक, राजनीतिक र व्यवसायीक छविलाई धुमिल पार्न खोजिएको यो कदम अत्यन्त निन्दनीय छ,’ विधार्थी मोर्चाका अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x