सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कलाकारिता क्षेत्रमा जम्दै आचल थारुनी

  • 6.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
    6.7K
    Shares

 

मङ्गलबार ३१ असार २०८२
सप्तरी / पछिल्लो केहि समयदेखि  कलाकारिता क्षेत्रमा आचल चौधरी थारुनी ब्यस्त रहेकी छिन । ५  बर्षको आफ्नो मेहनत, लगनशिल्ता र घरपरिवारको साथ सहयोगले अहिले सुटिङमा ब्यस्त रहेकि छु, उनी बताउछिन । बिशेश गरि थारू, मैथिली शट मुभी र म्युजिक भिडियोबाट दर्शकका मन जित्न सफल भएकी उनी हजारौंको संख्यामा म्युजिक भिडियोहरुमा  मोडेलको रुपमा स्थापित भैईसकेकी छिन ।

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका -१० पटेर्वा, बुवा हरिकान्त चौधरी र आमा हेमलता चौधरीकी कान्छी छोरिको रुपमा जन्मिएकी आचल थारुनीको बाल्यकाल देखिकै कलाकारिता मोह थियो। स्कुल जिबनमा समेत थुप्रै नाटक खेल्ने र अभिनय गर्नेगरेकी आचल प्लस 2 पास गरि अहिले सुटिङमा ब्यस्त छिन । सुरुमा SL Maithali च्यानलबाट आफ्नो कलाकारीता क्षेत्रमा जम्दै मैथिली शट फिल्म “दुखके कहानी” बाट अभिनय गर्ने मौका पाएकी बताउछिन। करिब १ हजार संख्याको शट फिल्ममा काम गरिसकेकी आचलले हाल FOCUS CINE ART र FEKUWA KE AAPAN COMEDY मा ब्यस्त बताउछिन ।

हाल उनि FOCUS CINE ART को च्यानल मार्फत देखिने हास्य टेलिफिल्म मौकामा चौका, भटभटिया से फेकुवा सौसराइर जाइ,फेकुवा गिरहत,प्यारमे पागल,बकरी बाली के दुईटा लभर,फेकुवा के शाली और घरवाली, मङ्गना के बौकी बौहसे फेकुवा परेसान, रौदिया पाइनमे मछहैर, थारु तथा मैथिली लगायत दर्जनौं म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन।
यस्तै हजारौंको संख्यामा म्युजिक भिडियोमा हवा बहैए पाइन परैए,चेहरा तोहर दिलमे,हमरा गै छौरी दुलहा बना,गे फेकनी शट,तु चिजबरि मस्त मस्त,नजर लागल्छै जाने केकर हमर प्यारके मैथिली गितहरुमा समेत
मोडलिङ गरिसकेकी छिन।
कला क्षेत्रमा लाग्न पारिबारिक राम्रो सपोर्ट रहेको ऊनी बताउछिन ।

यो भिडियो हेर्नुस:

 

WRITE COMMENTS FOR THIS ARTICLE

1.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x