शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

खेलकुदमन्त्री चौधरीको गुनासोः विदेश घुम्न दिइएन

  • 695
  •  
  •  
  •  
  •  
  •  
  •  
    695
    Shares

शनिबार २१ असार २०८२

काठमाडौं / युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदेश घुम्ने कार्यक्रममा भाग नदिइएको भन्दै पार्टी केन्द्रीय समिति बैठकमा गुनासो गरेका छन् । बैठकमा मन्त्रालयगत विवरण पेश गर्ने क्रममा उनले सबै मन्त्रालयलाई भाग दिइएको तर खेलकुद मन्त्रालयलाई नदिइएको भन्दै गुनासो गरेका हुन् । साथै, उनले पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न नसकिएको बताए ।

‘सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन् । तर, सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता ठाउँमा कार्यकारी माओवादी हुँदा काम गर्न अप्ठ्यारो भएको बताए । सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x