सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रूपन्देही-३ काे उपनिर्वाचनमा नाउपाले पनि भाग लिने, उम्मेदवार चयनको जिम्मा रेशमलाई

  • 208
  •  
  •  
  •  
  •  
  •  
  •  
    208
    Shares
सोमबार १६ असार २०८२

काठमाडौं / नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा भाग लिने बताएकी छन् । निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन गर्ने निर्णय सार्वजनिक गरेसँग उनले आफ्नो पार्टीको धारणा सार्वजनिक गरेकी छन् । उनले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा पार्टी संरक्षक रेशम चौधरीलाई दिएको जानकारी गराएकी छन् ।

‘रूपन्देही–३ उपनिर्वाचनबारे नागरिक उन्मुक्ति पार्टीको स्पष्ट धारणा । रूपन्देही–३ मा संघीय संसदको उपनिर्वाचनको सन्दर्भमा, म नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षको नाताले स्पष्ट रुपमा भन्न चाहन्छु — अघिल्लो आमनिर्वाचनमा हामीले यो क्षेत्रमा उल्लेखनीय जनमत प्राप्त गरेका थियौं। त्यो जनमत जनताले हाम्रो विचार, हाम्रो संघर्ष र हाम्रो प्रतिनिधित्वप्रतिको विश्वासका रूपमा दिएको हो।
त्यसैले यो उपनिर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टी सक्रिय रुपमा भाग लिन्छ। यस सम्बन्धमा उम्मेदवार चयनको पूर्ण जिम्मेवारी मैले पार्टीका संरक्षक एवं जननेता माननीय रेशम चौधरीज्यूलाई सुम्पिएको छु,’– उनले भनेकी छन् ।

रेशमको मार्गदर्शनअनुसार एकढिक्का भई अघि बढ्न उनले सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेकी छन् । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x