शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुने

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

सोमबार १६ असार २०८२

काठमाडौ / नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे  केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ ।

दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x