साउन ५ गते भ्रष्टाचार बिरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आईटी आर्मी

शनिबार १४ असार २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लुटकारी दलतन्त्रको अभियानमा अगाडी बढन पार्टी निकट आईटी आर्मीका नेताकार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आईटी आर्मीको उपत्यका स्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका आईटी आर्मीको पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अहिलेको लुटकारी दलाल दलतन्त्रको बिरुद्धमा आईटी आर्मी शसक्त रुपमा अभियान सहित बढन आवश्यक रहेको र त्यसका लागि रणनीति सहित अगाडी बढन आजपा अध्यक्ष साहले निर्देशन दिए । मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, सरकारपिच्छेको कर आतंक बढदै गईरहेको अवस्थामा आईटी आर्मी मौन बस्न नसक्ने बताउदै उनले त्यसका बिरुद्धमा अभियान सञ्चालन गर्न निर्देशन दिए ।
आजपा अध्यक्ष साहको निर्देशनसंगै सो बैठकले भ्रष्टाचार, अनियमितता, कुशासन एवं सरकारपिच्छे कर आतंकका बिरुद्धमा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय समेत गरेको आईटी आर्मीका उपत्यका इन्चार्ज आर्या पाण्डेले जनाएका छन् । आईटी आर्मीले आउँदो साउन ५ गते काठमाडौंमा विशेष भेला सहित प्रदर्शन गर्ने उनले बताए ।
भ्रष्ट, दलालका बिरुद्धमा आईटी आर्मी कडा रुपमा प्रस्तुत हुने उनले बताए । आईटी आर्मीको साउन ५ गते स्थापना दिवस समेत भएकाले सोही दिन काठमाडौंमा विशाल प्रदर्शन सहित विशेष भेला गर्ने निर्णय भएको हो । भ्रष्ट, दलाल नेताहरुको लुटको समराज्यको अन्त्य अब आईटी आर्मीले गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।
आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज आर्या पाण्डेको अध्यक्षतामा बसेको बैठकमा आजपा नेता एवं संविधान सभाका सदस्य तिलक थापामगर, त्रिभुवन साह, आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह, रन्जु साह लगायतको बिशेष सहभागिता रहेको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE