शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, यस्ता छन् कार्यसूची

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

sharethis sharing button

आइतबार ८ असार २०८२

काठमाडाैं / प्रतिनिधिसभाको बैठक बस्दै छ । सो बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ।

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ।

यस्तै, सांसदहरूले राखेकाे खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x