विश्व संगीत दिवसको अवसरमा चौथौ राष्ट्रीय थारु तथा सांस्कृतिक महोत्सव भव्यताको साथ सम्पन्न

शिव शङ्कर थारु
शुक्रबार ६ असार २०८२
सुनसरी / विश्व संगीत दिवसको उपलक्ष्यमा थारु चलचित्र तथा सांस्कृतिक संघ झुम्काको आयोजनामा चौथो थारु चलचित्र तथा सांस्कृतिक महोत्सव भव्यताको साथ सम्पन्न भएको छ ।

प्रमुख अतिथिकोमा कोशि प्रदेशको मुख्यमंत्री हिक्मत कुमार कार्किको साथै थारु साहित्य, थारु संगीत तथा चलचित्र योगदान दिने कलाकारहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा सम्मान कार्यक्रम , नृत्य प्रतियोगिता साथै झांकी प्रदर्शन रहेको सभा अध्यक्ष प्रशुराम चौधरीले जानकारी गराए । असार ६ र ७ गते दुई दिन कार्यक्रम रहेको जसमा उत्कृष्ट नृत्य र उत्कृष्ट झांकी गर्नेलाई बिषेश पुरस्कारको पनि ब्यबस्था रहेको चौधरीले जानकारी गराए ।

कार्यक्रममा सप्तरी,सिरहा , उदयपुर, मोरंग जिल्लाका कलाकारहरुको बाक्लो उपस्थिति रहेको महोत्सव अध्यक्षले जानकारी गराए ।
थारु कला संस्कृतिलाई कसरी राष्ट्रीय स्तरमा अगाडि बढाउने र अगाडि बढाउनलाई के कस्ता कदम उठाउनु पर्ने बिषयमा आवश्यक छलफल पनि गरे ।



RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE