समय-चक्र

समय-चक्र
एक रुपैयाँको पाँच ओटा चकलेट देखि
पाँच रुपैयाँको एउटा चकलेट सम्मको समय,
समय बद्लिएको छ।

फील्डमा आऊ खेल्नुपर्छ देखि
अनलाईनमा आऊ बोल्नुपर्छ सम्मको समय ,
समय बद्लिएको छ।
भेटौ र पलान बनाऔ देखि
पलान बनाऔ र भेटौ सम्मको समय,
समय बद्लिएको छ।
दीदिको चकलेट चोर्नु देखि
दीदिको छोरोलाई चकलेट किन्दिनु सम्मको समय,
समय बद्लिएको छ।
सानो कुराको लागि आमा अगाडी रोईदिने देखि
आँसुहरू लुकाई दुनिया अगाडी हासिरहने सम्मको समय,
समय बद्लिएको छ।
बाआमा संग डराउनु देखि
बाआमाका लागि कराउँनु सम्मको समय,
समय बद्लिएको छ।
मनका कुरा बुझ्छु देखि
चाहनाहरु सुन्नै नचाहने सम्मको समय,
समय बद्लिएको छ।
नजिक आएकाहरू देखि
टाढा गइदिएकाहरु सम्मको समय,
समय बद्लिएको छ।
म ठूलो हुन् चाहान्छु देखि
म बालकपन पाउन चाहान्छु सम्मको समय,
समय बद्लिएको छ।
शिव शङ्कर थारु, सप्तरी
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE