शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

रविन्द्र सिंहको संयोजकत्वमा आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन

  • 158
  •  
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares

बिहीबार ५ असार २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) निकटको आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । रबिन्द्र प्रसाद सिंहको संयोजकत्वमा एक सय एक सदस्यीय कमिटी पुनर्गठन भएको छ ।

काठमाडौंमा भएको शिक्षकहरुको भएको विशेष भेलाबाट सिंहको नेतृत्वमा कमिटी बिस्तार गरिएको हो । कमिटीको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शिक्षकहरु दलाल एवं लुटकारी दलतन्त्रबाट मुक्त भई आफ्नो हकअधिकारका लागि अगाडी बढनुपर्ने बताए ।

भेलाबाट आम शिक्षक संघको सहसंयोजकद्धयमा सुरेश महतो र संजय साह चयन भएका छन् । यसैगरी सदस्यहरुमा तेजनारायण साह, विरेन्द्र साह, खुशीलाल यादव, बालाराम नेपाली, देवेन्द्र साह, प्रमोद साह, नसरुदिन मन्सुरी, बलिराम गुप्ता, रिनाकुमारी पटेल, बिन्दालाल साह, रामबालक पटेल, राजु साह, मोहन साह, राजाराम महतो, विक्रम पासवान रहेका छन् ।

यसैगरी सदस्यहरुमा नन्दकिशोर साह, लालबाबु जैसवाल, रामबिनय साह, उमाशंकर यादव, जयकिशोर साह, बिजय यादव, मन्जित साह, रामनाथ यादव, अनिल सहनी, रामबाबु साह, रामबिनय यादव, पुर्णसिंह तामाङ, सुजित मण्डल, अजयसिंह कुशवाहा, संजय भगत, कृष्ण यादव, रामध्यान सिंह, गणेश कुमार श्रेष्ठ, राजिव पाण्डे, सुधिर सिंह, घनश्याम बरही, धर्मनाथ यादव, जिवराज खतिवडा, रामकैलाश राय लगायतका रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x