शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कलाकारिता क्षेत्रमा जम्दै मन्दिरा

Spread the love

कलाकारिता क्षेत्रमा जम्दै मन्दिरा

एन्टिना घनश्याम,

बुधबार १४ जेठ २०८२

काठमाडौ / रामेछाप जिल्लाको मन्थली नगरपालिका-३ अर्चलेमा बुवा गुन्ज बहादुर थापा र आमा सुन्तली थापाको माइली छोरिको रुपमा जन्मिएकी मन्दिरा थापाको बाल्यकाल देखिकै कलाकारिता मोह थियो। स्कुल जिवनमा समेत थुप्रै नाटक लेख्ने र अभिनय गर्नेगरेकी मन्दिरा कक्षा १० पास गरि उच्च शिक्षाका लागि राजधानी काठमाडौ आएकी थिइन। एउटा टेलिफिल्म को शुटिङ हेर्न जाने क्रममा मन्दिराले पहिलोचोटि गफाडी नामक एक हास्य टेलिफिल्ममा अभिनय गर्ने मौका पाएकी बताउछिन। ६-७ भाग गफाडी खेलेपश्चात अर्को टेलिफिल्म “के छ हल्ली चल्लि”मा अभिनय गर्न थालिन। एक सहकारीमा काम गर्दै उनले नेपाल टेलिभिजनको हास्य टेलिफिल्म भद्रगोल,मेरि बास्सै,क्या जमना आ ,नारी,नगरी हुन्न,खासखुस,लास्टा त्यै लगायत दर्जनौं मा अभिनय गरिसकेकी छिन। केहि ठूलो पर्दाको फिल्म समेत खेलेकी मन्दिरा ले करिब आधा दर्जन म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन। गरिबको चोला नामक एक सामाजिक टेलिफिल्ममा आफ्नै लेखन र निर्देशन समेत गरेकी मन्दिरा ले सौता माथी सौता नामक अर्को टेलिफिल्ममा २३ भाग सम्म कथा लेखेको बताउछिन।हाल रमाइलो टिभिबाट प्रसारित जदौ टेलिफिल्ममा एक मुख्य भुमिका निर्बाह गरिरहेकी छिन। कला क्षेत्रमा लाग्न पारिबारिक राम्रो सपोर्ट पाएपनी संघर्ष को बेलाविभिन्न नियत खराब भएका मान्छे हरु देखि बाल बाल बच्दै आएको अनुभव सुनाउछिन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x