शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

सोमबार १५ बैशाख २०८२

ललितपुर / ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेको हो। ‘महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ। उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २६ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x