शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सप्तरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

फाइल तस्वीर
  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

आइतबार १४ बैशाख २०८२

सप्तरी / सप्तरीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी एक जना पुरुष र एक महिलाको मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

दुर्घटना भएपछि डीएसपी काफ्लेको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार गरेको थियो । source nepaltv

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x