आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

आजदेखी विश्व खोप सप्ताह सुरु

Spread the love

शनिबार १३ बैशाख २०८२

काठमाडौ / आजदेखि विश्व खोप सप्ताह सुरू भएको छ ।

बैशाखको दोस्रो हप्ता अर्थात अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने हाम्रो देशमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ।

यसै सन्दर्भमा, पाँच वर्षमुनिका कुनै बालबालिकाले कुनै खोप लगाउन छुट भएका छन् कि भनेर गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ । र छुट खोप लगाइन्छ ।

यही बैशाख ३१ गते देशैभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिईंदैछ । त्यसैले बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगि छुट खोप लगाउन हुन अनुरोध गर्दछौं। बाल रोग विशेषज्ञ डा. निशा ज्योती श्रेष्ठ भनिन् ।

“खोपका कारणले हामी ठुला ठुला रोगहरूबाट मुक्त हुन सकेका छौं । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारी भन्छन् । बालबालिकाको मृत्युदर खोपले धेरै घटाएको छ । साथै बालबालिकालाई स्वस्थ र पोषण अवस्थालाई राम्रो राख्न समेत खोपले मद्धत गरेको छ । त्यसैले १५ महिना सम्म दिइने नियमित खोप समयमै लगाऔं । र यदि केही कारणवस छुटेको छ भने ५ वर्ष भित्र सकेसम्म चाँडो छुटेको खोप लगाऔं” ।

२०८२ बैशाख ३१ गते देशैभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई छुट खोप दिईंदैछ । source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x