शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बैशाख १७ जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता हुँदै  

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

शनिबार १३ बैशाख २०८२

काठमाडौं / जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए ।

उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो ।

एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरुले बताएका छन् । नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछन् ।

विस २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विस २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसदमा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x