शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

दुई करोडभन्दा बढी मूल्यको अवैध सुनचाँदीसहित ९ जना पक्राउ

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
बुधबार ३ बैशाख २०८२

काठमाडौं / प्रहरी टोलीले विभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा छापा मार्दा ठूलो परिणाममा अवैध सुन चादीसहित ९ जनालाई पक्राउ गरेको छ । सुनचाँदीको अबैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले जोरपाटी, चावहिल, कपनलगायतका क्षेत्रमा सञ्चालित सुन रिफाईनिङ सेन्टरमा छापा मारेको थियो ।

भारत महारष्ट्र घर भएका नबनाथ बाकु कसीद, सन्दिप पोपट हजारे, अन्सार दिलावर सिकल्गार, सुरज राजेश मदने,अरमान हनिफ ईनामदाय, मनोज सुभाष सकट, अमोल कुमार गोस्ले, सुनिल मिटकरी र सुरज नन्दीवालीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १ करोड ७० लाख १० हजार ६० रुपैयाँ बराबरको सुन, ३० लाख ९ हजार ९१ रुपैयाँ बराबरको चाँदी, नेपाली रुपैयाँ ८ लाख २७ हजार ५ सय र भारतीय रुपैयाँ ११ हजार ७ सय बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले बताएको छ । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x