शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उच्च प्रदूषण रहेको समयमा परेको पानीले प्रदूषणबाट राहत

Spread the love

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले देशभर वर्षा भइरहेको हो।

अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ। आज र भोलीसम्म वर्षा हुने र रोकिने क्रम जारी रहने महाशाखाको भनाइ छ।

लामो समयको सुक्खा र खडेरीलाई वर्षाले केही राहत दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x