काठमाडौं / नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले रिपोर्टर्स क्लब नेपाल साझा र निश्पक्ष संस्था बनेको छ । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘रिपोर्टर्स क्लब यस्तो संस्था यस्तो बन्यो, नेपालमा यस्तो निश्पक्ष संस्था बनेको छ । यो कुनै वादमा लागेको छैन् । यो जनतावाद र नेपालवादमा लागेको छ । राष्ट्रवादमा लागेको छ। क्लब त जनताको आवाज हो, यसले हरेक आन्दोलनलाई हेल्प गरेको छ । क्लब भनेको ऋषि धमला नै हो । आज नेपालमा कुनै व्यक्तिलाई इज्जतको साथ चिन्छन् भने त्यो ऋषि धमला हो । ऋषि धमला देशव्यापी रुपमा चिनिएको छ। क्लबले हरेक विचारलाई अघि बढ्न दिएको छ । कहिल्यैपनि कुनै विचारलाई कुण्ठित गरेन । दाग छैन ।’ source RN







WRITE COMMENTS FOR THIS ARTICLE