शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी पस्न सक्छन्, तर टिकट काटेर : जगन्नाथ खतिवडा

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

 

सोमबार ४ चैत २०८१

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले टिकट काटेर नारायणहिटी छिर्न पाउने, बाहिर सुनारलाई बनाउन लगाएर श्रीपेच पनि लगाउन पाउने तर उनी फेरि राजा कहिले पनि नबन्ने बताए ।

राजावादीहरुको गतिविधिले आफूहरु कति पनि नआत्तिएको बताएका छन् । आज (सोमबार) पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहसँग संक्षिप्त कुराकानी गर्दै उनले अब यो देशमा ज्ञानेन्द्र, उनका सन्तान वा अरु कोही पनि राजा बन्ने र राजसंस्थाको सम्भावना नै नरहेको बताए ।

साथै, निरङ्कुश र वंशवादी राजतन्त्रको विरुद्धमा जनताको चेतना कति सबल छ भन्ने कुरा देखाउन आगामी चैत १५ गते जनप्रदर्शनको आयोजना गरिएको पनि उनले बताए । उक्त जन प्रदर्शनमा देशभरबाट एक लाखभन्दा बढी मानिस काठमाडौं आउने उनको दाबी छ ।

‘हामी पटक्कै पनि डराएका छैनौं । राजावादीहरुले अहिले सडक हाम्रो हो । दलसँग जनता छैनन् । दलहरु एक्लै परे । हामी जित्दैछौं भनेर जे प्रचारबाजी गरिरहेका छन् । तिमीहरु हार्दैछौं, तिमीहरु नाटकी हौं । तिमीहरु कालो कर्तुत, निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ । तिम्रा विरुद्धमा जनताको गणतन्त्रको चेतना कति सबल छ भनेर एकचोटी सानो झल्को देखाइदिउँ, बाँकी रह्यो भने त हामी धेरै क्ुरा गरौंला । तर, यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था आउँछ ? ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन् । उनलाई त्यो ठाउँ छदै छ । श्रीपेच सुनारलाई बनाउन लगाएर नारायणहिटीभित्र पसेर लगाउन पनि सक्छन् । जान रोकटोक छैन,’– उनले भने ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x