बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु: गगन थापा

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

मङ्गलबार २७ फागुन २०८१

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको सराहना गरेको छ ।

आजकै संसदमा विपक्षी दलका नेता पुष्पकमल दाहालले संविधान र लोकतन्त्रप्रति राखेको प्रतिबद्धताको सराहना गरेका हुन ।

आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताए ।

जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा सामधान गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’

थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x