बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

चुच्चे नक्सा नाग पञ्चमीमा टाँस्ने नागजस्तै भयो: झलनाथ खनाल 

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

‘मैले भनेको कुरा के हो भने नीतिको आधारमा, कार्यक्रमको आधारमा वाम एकता हुन्छ, टिक्छ । तर, स्वार्थको आधारमा हो भने त्यो कुनै पनि कुरा टिक्दैन । त्यो नाग पञ्चमीमा नाग टाँसेजस्तो होईन । चुच्चे नक्सा बनाएकै हो, साँच्चै दिलदेखि, सम्पूर्ण नेपालीहरुको देशभक्तिपूर्ण भावनालाई प्रतिनिधित्व गरेर बनाएको हो भने त्यसलाई कार्यान्वयन गर्नका लागि सरकारले कदम चाल्न सक्नुपर्छ । स्टेप वान, टु, थ्री गरेर । खोई त सरकारले पहल कदमी लिएको ? सरकारले पहल कदमी लिन सकिरहेको छैन । यस कारणले चुच्चे नक्सा नाग पञ्चमीमा टाँस्ने नागको नक्साजस्तै भएको छ,’– उनले भने ।

तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ जेठ ५ गते चुच्चे नक्सा पास गरेको थियो । जेठ ७ गते सार्वजनिक भएको उक्त नयाँ नक्सा प्रतिनिधि सभाले ३१ गते सर्वसम्मत पारित गरेको थियो । सार्वभौम संसद्ले उक्त नक्सा पारित गरेपनि सो भूमि अहिले पनि विवादित छ । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x