बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

भूमिसम्बन्धी अध्यादेश पारित गराउन सांसद किन्दै सरकार : उपेन्द्र यादव

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

शुक्रबार १६ फागुन २०८१

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद किनबेच गरेर भूमिसम्बन्धी अध्यादेश पारित गराए आफूहरु जनआन्दोलनमा जाने चेतावनी दिएको छ ।

भूमिसम्बन्धी अध्यादेश पारित गराउन सरकारले सांसद किन्न खोजेको आरोप लगाउदै भूमाफियाहरुले सरकारलाई अर्ब पैसा खर्च गरेर भए पनि सांसद किनेर अध्यादेश पारित गराउन दवाब दिइरहेको बताएका हुन् ।

आज (शुक्रबार) जसपा नेपालले अध्यादेशको सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ‘दाउपेच, जालझेल, संसद् खरिदविक्री गरेर, अहिले माफियाहरुले भन्दैछन् रे, सुनेको मैले कति करोड चाहिन्छ ? अर्ब नै चाहिन्छ भनेपनि व्यवस्था गर्छौं । किन्नुस् सांसद र पास गराउनुस् र हामीलाई जंगलको जग्गा दिनुस् भनेर लागेको छन् अरे । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम केही पनि हुँदैन,’– उनले भने ।

सरकारले शिक्षाको सु्धार, भूमिलाई आधुनिकीकरण गर्ने, मलखाद, सिचाइँ र विउविजनको प्रबन्ध गर्ने, कृषि उत्पादन बढाउने, गरिबी, बेरोजगारी समस्या समाधान गर्नेतिर ध्यान नदिएर माफियाहरुसँग मिलेर तिनको पैसा लिने, पार्टी फुटाउने र सांसद किन्ने ध्याउन्नमा रहेको उनले बताए । उनले भूमिसम्बन्धी अध्यादेशमा सांसद् खरिदविक्रीको चलखेल भइरहेको उनको आरोप छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x