शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बिद्या आर्जनको ३२औ बार्षिकोत्सब अभिभावक दिवस सम्पन्न

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

 

एन्टिना घनश्याम,

शुक्रबार १६ फागुन २०८१
काठमाडौं / काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बाबाचोक स्थित बिद्या आर्जन सेकेन्डरी स्कुलको ३२ औ बार्षिकोत्सब तथा अभिभावक दिवसको उद्दघाटन सम्पन्न भएको छ।

नगर उपप्रमुख शान्ता थापाले पानसमा दीप प्रज्वलन गरेको उक्त कार्यक्रममा दर्जनौ छिमेकी स्कुलका प्रधानाध्यापकहरुको अतिथ्यता रहेको थियो। पढाइसंगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित बिद्या आर्जन स्कुलको अभिभावक दिवसलाई दुई दिवशीय चरणमा गर्न लागिएको प्रधानाध्यापक घनेन्द्र भट्टराईले बताउनुभयो। फागुन १६ गते नर्सरी देखि कक्षा १ सम्मका छात्रा छात्रहरुको प्रस्तुती रहने र १७ गते कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूबीच विविध प्रस्तुती रहने छ।

गणेश दाहालको सभापतित्वमा सञ्चालित पहिलो दिवशीय कार्यक्रममा कक्षा १ सम्मका सम्पुर्ण विद्यार्थीहरुले गायन,नृत्य,उदघोषण लगायतका प्रस्तुती दिएर दिनभर जसो अभिभावकहरुलाई मन्त्र मुग्ध गराएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x