शनिबार ३ फागुन २०८१
काठमाडौं / युके पठाइदिन्छु भन्दै ठगी गर्ने दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय अधिकारीलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
अधिकारीले एक जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE