शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन

Spread the love

शनिबार १२ माघ २०८१

काठमाडौं / राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतघरमा प्रदर्शन भएको हो।

नेपालीको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए।

उनीहरूले सवै नेपालीहरु एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए। प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबरस्पेश सार्वभौमसत्ता कायम गर, प्रतिक्रियाबादी व्यवस्था मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x