निजामती सेवा विधेयक संसदमा दफावार छलफल सुरु

बिहीबार १० माघ २०८१
काठमाडौं / संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको करिब एक वर्षपछि दफावार छलफल सुरु भएको छ ।
२०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि बिहीबारदेखि संसदीय समितिमा दफावार छलफल सुरु भएको हो ।
प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयकमाथि विभिन्न सरोकारवालासँग छलफल गरेर सकेपछि समितिले बिहीबारदेखि दफावार छलफल सुरु गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी गराए । उनका अनुसार विधेयकको प्रस्तावनामा नै ३२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
छलफलको सुरुमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेकपा ९एमाले०का सांसद रघुजी पन्त, नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामांगले संशोधन प्रस्ताव दर्ता अनुसार प्रस्तावित प्रस्तावनामा संशोधन गर्नुपर्नेमा जोड दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रस्तावित प्रस्तावना नै ठिक भएको बताए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE