शनिबार ६ पुष २०२१
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स बीच प्रतस्पर्धा हुँदैछ ।
किर्तिपुरस्थति त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा १२ बजेदेखी शुरू हुँदैछ ।
जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदुरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबिच भब्य प्रतिस्पर्धा हुदैँछ ।
एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी चितवन राइनोजका रबि बोपाराले २८६ रन बनाएका छन भने उनी भन्दा केही मात्र लुम्बिनीका रोहित पौडेलले २७९ रन जोडन सफल भएका थिए ।
आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन ।
WRITE COMMENTS FOR THIS ARTICLE