काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।
आज थपिएको म्याद पाँचौ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौं ल्याउने तयारी छ । काठमाडौंबाटपनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । काठमाडौंपछि चितवन पुर्याउने प्रहरीको तयारी छ ।
WRITE COMMENTS FOR THIS ARTICLE