शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं / काठमाडौं जिल्ला अदालतले एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेता अधिकारी मानव तस्करीको आरोपमा पक्राउ परेका थिए ।

मंगलबार उनलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सोही दिन जहाजमार्फत काठमाडौं ल्याइएको थियो । अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

आफू मन्त्री रहेको बेला मन्त्री अधिकारीले मन्त्रालयसँग सम्बन्धित ३ जना व्यक्तिलाई लिएर जापान गएका थिए । जापानको अध्यागमन विभागले उनीसहित चार जनालाई नेपाल फिर्ता पठाएपछि सो घटना बाहिरिएको थियो । उनीसँग गएका ३ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । एमाले नेता एवं पूर्व मन्त्री अधिकारीलाई भने अनुसन्धानको दायरा बाहिर राखेको भनी चर्को आलोचना भएपछि अन्ततः उनलाई अनुसन्धानको दायरामा ल्याउन सरकार बाध्य भएको थियो ।

अधिकारीसँग गएका ३ जनाले आफूहरुले १० देखि १४ लाखसम्म बुझाएर उनीसँग जापान गएको प्रहरीसँगको बयानका क्रममा बताएको प्रहरी अधिकारीहरुको भनाइ छ । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x