काठमाडौमा आजपाद्वारा सरकारकाे कर आतंक बिरुद्ध बिराेध प्रदर्शन

शुक्रबार १ मंसिर २०८१
काठमाडौ / आम जनता पार्टीद्वारा (आजपा) सरकारकाे मनोमानि करकाे बिरुद्ध आज बिराेध प्रदर्शन गरेका छन ।
आजपाको काठमाडौं आम ट्रेड युनियनको आयोजनामा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ कार्यक्रम काठमाडौंको शान्तिबाटिबाट शुरु भई रानी पोखरी परिक्रमा गरि काेण सभामा परिनत गरि पुनः सोही ठाउँमा पुगेर समापन भएको हो ।
सरकारलाई अनावश्यक कर हटाउन,उधाेग ब्यबसाय संचालन गर्न र देशमै श्रमिकहरुलाई राेजगारि शृजना गर्न आम जनता पार्टीको बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरकाे नेतृत्वमा प्रदर्शनमा केन्द्रिय सचिब देवि पण्डित,नारायण पाण्डे,धन कुमारी मगर, आम आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ लामा आम ट्रेड युनियनका उपाध्यक्ष हरि थापा, महासचिव तेज नारायण थारु घट्क सङ्गठन आम पेन्टर संघका बिनोद चौधरी तथा आम निर्माण श्रमिक संघका मो.आलम र विभिन्न भातृसङ्गठन,घटक सङ्गठनको सहभागी रहेको थियो ।

आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सभासद तिलक थापाले तीनै तहको सरकारले मनपरी कर बृद्धि गर्दै आम जनताको ढाड भाच्ने र लुट मचाउदै राज्यको ढुकुटी लुटिरहेकाले आजपा सडकमा उत्रिनुपरेको बताए ।
सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गरेको उनले बताए । मुलुकमा भ्रष्टाचार कुशासन, अनियमितता बढदै गईरहेको बताउदै उनले सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेर राज्यको ढुकुटी लुटेको आरोप उनले लगाए ।
‘तिनै तहको सरकारले मनोमानी कर लगाउने र आम जनतालाई लुट्ने अहिले प्रतिस्पर्धा चलेको छ । यहाँको उधोग, व्यापार चौपट छ । तर सरकारलाई करमाथि कर लगाउने र जनतालाई लुट्ने बाहेक अरु केही देख्दैन’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘प्रधानमन्त्री भ्रष्टाचार शुन्य, सुशासनको कुरा गर्नुहुन्छ तर यहाँ भ्रष्टाचार बढदै गईरहेको छ । कुशासन छ, करमाथि कर छ । जनता मारमा परेका छन्, व्यापारीले आफ्नो व्यापार बन्द गर्दैछन् । युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन्, यहाँ रोजगार छैन् । तपाई नै भन्नुस् यो सरकारको के काम ? जनताको हुन नसकेको यो सरकारको अन्त्य हुन आवश्यक छ ।’
जनताले तिरेको कर कहाँ छ ?, भ्रष्टाचार गरि सके छ, ‘कर ज्यादति बिरुद्ध एक होऔं, मनोमानि कर खारेज गरौं, सरकारको अनावश्यक कर हटाउ, उधोग, ब्यबसाय चलाउने वातावरण बनाउ, दलतन्त्रको अत्य गरौं, जनताको लोकतन्त्र बहाली गरौं, लुटेरा सरकार मुर्दावाद, आम जनता पार्टी जिन्दावाद, कर आतंक बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनोमानी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ । मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा सुरु गरेको छ।
जनता मारमा परेका छन्, व्यापारीले आफ्नो व्यापार बन्द गर्दैछन् । युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन्, यहाँ रोजगार छैन् । तपाई नै भन्नुस् यो सरकारको के काम ? जनताको हुन नसकेको यो सरकारको अन्त्य हुन आवश्यक छ ।’
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनोमानी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ ।त्यस्तै सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा पनि मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध जनप्रदर्शन गरेका छन ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE