क्यानले यू-१९ महिला टिमलाई जनही २ लाख ५० हजार दिने

काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली महिला क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ।
क्यानले यू-१९ महिला टिमका सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो।
युएईलाई पराजित गर्दै पहिलो पटक यू-१९ महिला विश्वकपमा छनोट भएको नेपाल यू-१९ एशिया कपमा पनि छनोट भएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE