सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

ऐतिहासिक परम्पराप्रति गाैरव गराैँ : प्रधानमन्त्री

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares
शनिबार १७ कात्तिक २०८१

ललितपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल  संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् हो भन्नुभयो

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।”

आफू २०२७ सालमा काठमाडौ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्नुहुँदै यहाँको भाषा, संस्कृतिप्रति प्रेम रहेको बताउनुभयो । “मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ ।” उहाँले भन्नुभयो ।

उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्छ  जनाउँदै हामीले यसका गौरव गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । जनता समाचारबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x