शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

अभियन्ता आशिका तामाङविरुद्व प्रहरीमा जाहेरी 

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

बुधबार ९ असोज २०८१

भक्तपुर / समाजिक अभियन्ता आशिका तामाङविरुद्व प्रहरीमा जाहेरी दिएको छ ।

सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुंगे पुलमा अराजक गतिविधि गरेको आरोपमा  पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुंगे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते अभियन्ता भन्ने तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाले  बताए।

‘युट्युबलाई कमाई खाने भाँडो बनाउने उदेश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको छ, सात जनाको टोलीले नगरपालिकाको सम्पत्ति माथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोगगरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुंगे पुलको संरचना तोडफोडगरी भत्काएको छ’, नगरपालिकाका प्रवक्ता सापकोटाले भने, ‘त्यो ताण्डव सार्वजनिक सम्पत्ति माथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउगरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ।’

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एकमात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको बताए। उनले त्यो झोलुंगे पुल पर्यटन प्रवर्द्धनकै लागि बनाइएकाले शुल्क लिएको बताए।

उनले भने, ‘हामी नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुंगे पुल निर्माणगरी सञ्चालनमा ल्याएका हौँ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गरे। उनले भने, ‘संघीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ। पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ।’

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको थियो। नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु ३४ लाखमा र आव ०८०/०८१ लागि रु ३९ लाखमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिए। ठेक्काबाट संकलित रकममा नगरपालिकाले रकम थप गरेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उनको भनाइ छ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको जानकारी दिए। प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मंगलबार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णयगरी जोहरी दिएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x