सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

गित गाउन मैले धेर संघर्ष गरेको छु- नवगायिका मनिता गजमेर

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

 

सोमबार ७ असोज २०८१

काठमाण्डौ / मेरो नाम मनिका गजमेर हो। मेरो जन्मस्थान ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका केतुके पङ्खुमा भएको हो, मेरो जन्म २०४८ । ९। २८ गते बुवा हस्तामान र आमा सिजमाया गजमेरको कोखबाट भएको हो। म भन्दा माथि मेरो दुईजना दिदी हुनुहुन्थ्यो। पहिला नै दुई छोरी भएको कारण म चाहिँ छोरा जन्मिन्छ भन्ने मेरो बुबाआमालाई ठूलो आशा थियो। तर म पनि छोरी नै भएर जन्मिए। म छोरी भएको कारण मेरो बुवाआमालाई गाउँका मान्छे र आफ्ना दाजु भाउजु हरूले के जन्मियो भनेर सोध्दा बाबाआमाले छोरी भने पछि ए यो पनि छोरी नै जन्मियो । पहिला पनि दुई छोरी अहिलेको पनि छोरी छोरी तीनटा भइसके बरु यही अगाडिमा फालिदेउ एकछिन रुन्छ त्यसपछि मरिहाल्छ भनेको थियो रे त्यो बेला मेरो आमाको मन कस्तो भयो होला ९- ९ महिनासम्म कोखमा बोकेर विभिन्न दुख कष्ट सँग लड्दै रुँदै जन्म दिएको बच्चालाई फालिदे भन्दा र मेरो बाबाको मनमा के बित्यो होला यस्तो यस्तो कुराहरु सहदै मलाई मेरो बुवाआमाले हुर्काउनुभयो बढाउनुभयो पढाउनुभयो म मेरो बुबाआमालाई भगवान रूपी बुबाआमालाई हृदयदेखि नै धन्यवादका साथ सम्मान गर्छु। साथै धेरै धेरै माया र मिठो सम्झना छ है भन्न चाहन्छु। म सानैदेखि अलि छुट्टै स्वभावकी थिए । गीत गाउन धेरै रुचि राख्ने अरुको दुःख देख्न नसक्ने खालको सानैदेखि मलाई गीत गाउन रहर लाग्थ्यो। गाउँघरतिर दशैं तिहारमा केही कार्यक्रमहरु हुँदा गीत गाउने गर्थे। पछि बाबाआमाले म जन्मदाको कुरा सुनाएको बेला मेरो मन रुन्थ्यो। आँखाबाट आँसुका थोपा बर्सिन्थे मलाई फालिदिए हुन्छ भनेको कुराले मलाई साह्रै चिन्ता लाग्थ्यो र मैले सोच्थे पछि ठूलो भएपछि छोराले जस्तै बुबालाई काम सघाउँछु धेरै पैसा कमाएर बुवाआमालाई पाल्छु। भन्ने सोच आउँथ्यो। तर जिन्दगी सोचे जस्तो कहाँ हुने रहेछ र गाउँको त्यो कार्यक्रममा गीत गाउँदा सबै गाउँका बुढाबुढीले मन पराउनुहुन्थ्यो। र म पनि खुसी भएर पछि गायिका बन्छु। भन्दा केही रिस गर्ने मान्छेहरुले यी गायिका बन्छस् भन्थे। यी मान्छेहरूका कुरा मेरो मनमा तिखो काँडा झैँ बिजेको थियो। र म जसरी भएपनि एउटा मात्र गीत भएपनि गाएरै देखाउँछु भन्ने सोचेकी थिएँ। तर साथ दिने मान्छे कोही भएन हामी साधारण खेती किसानी परिवारको भएको त्यसमाथि पनि धेरै परिवार भएको कारण मेरो सपना पूरा गर्न बुवाआमाले केही गर्न सक्नुभएन। बुबाआमाको पनि मन त्यस्तै थियो मेरो रहर पूरा गर्नु। र म धेरै राम्रो गीत गाउने छोरी बन्नु तर सात जना बच्चाहरुलाई पढाउने बढाउने गर्नुपरेको कारण मेरो बाबाआमालाई धेरै गाह्रो थियो तर अहिले मेरो बुबाआमाको आशीर्वादको कारण मैले मेरो इच्छा पूरा गर्न सफल भएकी छु। गीत गाएकी छु। यो कुरा मा म एकदम खुसी छु। तर राम्रो सफल गायिका बन्न भने सकेकी छैन मैले अहिलेसम्म र अब आउने दिनमा राम्रो गीत गाउने गायिका र म जस्तै दुःख पाएका आफ्ना इच्छाहरू पूरा गर्न नसकेका मान्छेहरूलाई साथ दिन सक्ने बन्न ठूलो इच्छा छ। र मेरो बुवाआमाको इच्छा म राम्रो गायिका बनेको देख्ने सपना पूरा गर्न मेरो ठूलो इच्छा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x