बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

एभरेष्ट वुमन्स भलिबल लिगकाको ट्रफी सार्वजनिक

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares
सोमबार ३१ भदौ २०८१sharethis sharing button

काठमाडाैं /  एभरेष्ट वुमन्स भलिबल लिगकाको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनीटी ड्रिम्स प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले ट्रफी सार्वजनिक गर्नुभयो ।

ट्रफी सार्वजनिक गरेसँगै स्नेभी चापागाईंले ट्रफी टुर हुने जानकारी गराउनु भयो । मङ्गलवारदेखि ट्रफी टुर शुरू हुनेछ । यो ट्रफीलाई सातै प्रदेशमा लगिनेछ । सोही कार्यक्रममा वात्सल्य नेचुरल आईभिएफ प्रमुख प्रायोजकको रूपमा रहेने घोषणा गरिएको छ । करिव ७० लाखको प्रायोजन वात्सल्य नेचुरल आईभिएफबीले गरेको हो ।

वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रवन्ध निर्देशक प्रशान्त सुवेदीले आयोजक इन्फिनीटी ड्रिमस प्रालिलाई नगद ५५ लाख उपलब्ध गराउने जानकारी दिनुभयो । यसबाहेक कोल्याटर र प्रचार प्रसार जस्ता कामको लागि थप १५ देखि २० लाख खर्च हुने उहाँले जनाउनु भयो । यो सम्झौता दुई वर्षको लागि भएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलसँग जोडिएकोमा प्रमुख प्रायोजकलाई धन्यवाद दिंदै लामो समयसम्म यो साथलाई कायमै राख्न पनि आग्रह गर्नुभयो ।

उहाँले आयोजक इन्फिनीटी ड्रिम्स प्रालिले महिला भलिबल लिगमा नसोचेको कामको शुरूवात गरेकोमा धन्यवाद दिनुभयो । लिग असोज १४ गतेदेखि १९ गतेसम्म हुनेछ । कुल ६ टिमको सहभागीता रहनेछ । ६ टिम, मार्की खेलाडी र टिममा समावेश हुने नेपाली खेलाडीको नाम सार्बजनिक भइसकेको छ । छिट्टै पुरस्कार रकम घोषणा गरिने पनि आयोजकले जनाएको छ । जनतासमाचारबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x