शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

असोज ३ गते संविधानको अन्त्येष्ठी यात्रा निकालने आम जनता पार्टीको निर्णय

  • 103
  •  
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares

 

शनिबार २९ भदौ २०८१

बनेपा / आम जनता पार्टीको बागमती प्रदेश कमिटीको पुर्ण बैठक आज बनेपामा सम्पन्न भएको छ । दलाल दलतन्त्रका विरुद्ध तेश्रो जनआन्दोलन गर्ने संकल्पका साथ आयोजित उक्त बैठकले असोज ३ गते विभिन्न जिल्लाहरुमा संविधानको अन्त्यष्टि यात्रा निकालने समेत निर्णय गरेका छन ।

प्रमुख आतिथ्य पार्टीका बरिस्ठ उपाध्यक्ष  तिलक थापा मगर थापाले युवाहरुकाे भबिस्य बिगार्ने भनेकै दल तंत्रका नेताहरु रहेकाे ठाेकुवा गरे । नेपाली जनताहरु लाेकतंत्रकाे लागि लडेकाे तर नेताले जनताई ढाटेर दल तंत्रमा आधारित ब्यबस्था कायम गरि जनतालाई घुमाउराे पाराले ढाटेकाे याे दल तंत्रले भ्रष्टाचार जनमाउने र भ्रष्टाचार बाट जम्मा गरेकाे रकम भगाैडा मार्फत बिदेश पुर्‍याउने कामले देश अहिले आर्थिक टांट पल्टन लागेकाे बताए। उनले छिटो भन्दा छिटाे भ्रष्ट लुटकारि ब्यबस्था फाल्नु पर्ने र असाेज तीन गते याे जन बिराेधि संविधानकाे अन्त्येष्ठी यात्रामा सहभागी हुन सबैलाई अनुराेध गरेका छन् ।

त्यस्तै उपाध्यक्ष ज्ञानेन्द्र तामङले नेताहरुले मतदाताहरुकाे भबना बिरित काम गरेकाे हुँदा अब मतदाताले नेताहरु सीत भाेट फिर्ता माग्नु पर्ने र भगाैडाहरुले देशलाई आर्थिक रुपले टांट पल्टाएको हुँदा भगाैडाहरुकाे सूचि तयार पार्न सबै लाग्नु पर्ने बताए।

उक्त बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर उपाध्यक्ष ज्ञानेन्द्र तमांग, उपमहासचिव धनकुमारी मगर र पासाङ लामा सहितका नेताहरुको उपस्थिति रहेको थियो । रमेश थपलियाको अध्यक्षता  बैठक समापन भएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x