काठमाडौं /  आम ट्रेड युनियन फेडेरेसन नेपालको उपत्यका बिशेष भेला भब्य रुपमा सम्पन्न भएको छ।

राजधानीको जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा तेस्रो जनआन्दोलनको तयारीका लागि आम जनता पार्टीका अध्यक्ष तथा पुर्ब मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा भएको भेलामा बिशेष अतिथिमा उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर लगायत अतिथिहरुमा अतिथिहरुमा ज्ञानेन्द्र तामाङ्म उपाध्यक्ष, देबी पण्डित सचिब तथा महिला बिभाग प्रमुख,नारायण पाण्डे सचिब,पासाङ तामाङ अध्यक्ष आम आदिवासी जनजाति महासंघ,नागरिक समाजका अध्यक्ष यम बहादुर जिसि, आम ट्रेड युनियन फेडेरेसन नेपालका अध्यक्ष शिव थापा,पार्टीका उपमहासचिव सिबि साह सहित नेतृ रेनु कुमारी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

भेलामा सयौंको सङ्ख्यामा पार्टीका घटक सङ्गठनमा आबद्ध नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले देशमा भ्रस्टाचार , दलतन्त्र मौलाएको भन्दै यसको बिरुद्द अब तेस्रो जनआन्दोलन गर्नुको बिकल्प नरहेको बताए।

साहले अब युवा,मजदुर,बुद्धिजीवीको प्रयासले मात्र मुलुकमा परिवर्तन आउने भन्दै अब यसको लागि सबै मजदुर,युवाहरु सचेत बन्न आग्रह गरे। त्यस्तै अर्का बक्ता आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले नेपालको मजदुर आन्दोलनबाट अझै मजदुरहरुले न्याय नपाएको भन्दै यसको लागि तेस्रो जनआन्दोलनमा होमिन आग्रह गरे। भेलाबाट विभिन्न घटक सङ्गठनहरुआम गलैचा मजदुर संघ,आम फर्निचर मजदुर संघ, आम निर्माण मजदुर संघ, गठन गरिएको छ।

उक्त भेलाबाट महासचिव तेजनारायण थारुको संयोजत्वमा १०१ उपत्यका विशेष कमिटी निर्बाचित  भएको छ । वीर बहादुर धिमालको संयोजकमा ५१ सदस्य आम गलैचा मजदुर संघ र मोहम्द हुसेनको सयोजत्वमा आम निर्माण मजदुर सघ तथा महेस ठाकुरको संयोजत्वमा आम सिकर्मी मजदुर सघको कमिटी निर्बाचित भएको छ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आजपा प्रवेश गरेका नेताहरुलाई उक्त पार्टीका अध्यक्ष प्रभु साहले खादा,माला टीकला लगाएर स्वागत गरेका थिए।भेलामा प्रगतिशील श्रमिक महिला बचत समुहद्वारा यस बर्ष एस ई ई मा उत्कृष्ट अङ्क ल्याएर उतिर्ण भएका समुहका छात्र छात्राहरुलाई नगद,प्रमाणपत्र सहित सम्मान गरिएको थियो। उक्त भेला आम ट्रेड युनियन फेडेरेसन नेपालका महासचिव तेज नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

भेलाका केही तस्वीरहरु:-