आम जनता पार्टीको शंखरापुर नगर भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आइतबार ४ चैत्र २०८०,
काठमाडौं / “बजेट भागबन्डा बन्द गर ! बिजुली पानी फ़्री गर !! भन्ने मुलनाराका साथ आम जनता पार्टीको काठमाडौं सङ्खरापुर नगर भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। भेलाले सुनिल बिसंखेको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी घोषणा गरेकोछ । ऐतिहासिक भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु तथा पार्टी प्रवेश गर्ने नेता तथा कार्याकर्तालाई पार्टी अध्यक्ष प्रभु साहले टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा सो पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर लगायतका नेताहरुको उपस्थिति रहेको थियो।आम जनता पार्टीले भ्रस्टाचार ,बेथिती विरुद्ध यहि आउदो चैत २४ गते काठमाडौंमा बृहत जनपर्दसन गर्दै छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE