शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

अमेरिका पठाई दिन्छु भन्दै ठग्ने एक युवती पक्राउ

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

 

शनिबार २६ साउन २०८१

काठमाडौं । अमेरिका पठाई दिने भन्दै  रकम ठगेको आरोपमा प्रहरीले लक्ष्मी माझीलाई पक्राउ गरेको छ ।

अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

अमेरिकामा मासिक दुई लाख तलव हुने जागिर मिलाई दिन्छु भनेर पीडितहसँग रकम उठाएपछि उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x