साधारण सदस्यता समेत नरहने गरि घिसिङ्लाई कारबाही

शुक्रबार १८ साउन २०८१
काठमाडौं / आम जनता पार्टीका उपाध्यक्ष रहेका अरुण घिसिङ्लाई पार्टी बिपरित क्रियाकलाप गरेको भन्दै पार्टीले कारबाही गरेको छ।

उक्त पार्टीले आज एक बिज्ञप्ति निकाल्दै घिसिङलाई साधारण सदस्यता समेत नरहने गरेर कारबाही गरिएको पार्टी उपमहासचिव तथा प्रबक्ता सिबि साहद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ।

बिज्ञप्तिमा भनिएको छ,हाम्रो महान तथा गौरवशाली पार्टी आम जनता पार्टीको केन्द्रीय कमिटीको जिम्मेवारीमा रहेको अरुण घिसिंग “अग्रगामी विचारधाराबाट विचलित भैई प्रतिक्रियावादीसँग सम्बन्ध राखेको, पार्टी र आन्दोलन विरोधी भ्रामक गतिविधिमा संलग्न देखिएको तथा आम जनतालाई निराश एवं प्रतिक्रियावादीलाई उत्साहित गर्ने कार्य गरेको” ठहर सहित तत्कालीन नेकपा (माओवादी समाजवादी) तर्फका केन्द्रीय नेताहरुको सामुहिक माग बमोजिम निजलाई पार्टी केन्द्रीय कार्यालयको निर्णयले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी जिम्मेवारीबाट निष्कासित गरिएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE