शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

विपदबाट क्षति भएका संरचना पुनःनिर्माणमा सरकारले अनुदान दिने 

  • 78
  •  
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares
बिहीबार २७ वैशाख २०८१

ललितपुर / अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुई दिने छलफलको ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको हो । “अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनःनिर्माणका लागि अनुदान पाउनुहुनेछ । जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको छ ।” उहाँले भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि–२०८१ अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा रु ५० हजार थप हुने व्यवस्था पनि छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आँकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रविन्दु बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनःनिर्माण र पुनःस्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो । पुनःनिर्माणमा करिब रु ७३ अर्ब लाग्ने प्राधिकरणको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x