शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

इलाम – २ मा डकेन्द्रसिंह लिम्बुलाई आजपाको समर्थन (प्रेस विज्ञप्ति सहित)

  • 184
  •  
  •  
  •  
  •  
  •  
  •  
    184
    Shares

सोमबार १० बैशाख २०८१

काठमाडौं /आसन्न उपनिर्वाचनमा ईलाम क्षेत्र नं. २ बाट मुढा चुनाव चिन्ह लिएर पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले यहि बैशाख ८ गते आम जनता पार्टीबाट चुनावमा सहयोग र समर्थन माग गरेको विषयप्रति आम जनता पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह समेत गरेका छन् । आम जनता पार्टी ले एज प्रेस बिज्ञाप्ति जारी गर्दै अहिलेको लुटकारी दलतन्त्र (दलीय शासन) र दलभित्रका केहि मुठ्ठीभर भ्रष्ट, बेईमान एवं धोखेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संकटग्रस्त अवस्थाबाट गुज्रीरहेको सन्दर्भमा यसबाट ठोस एवं दीर्घकालिक निकासका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, ईमानदार एवं प्रतिबद्ध नेतृत्वको छनौट जरूरी रहेको ले पहिचानबादी उम्मेदवार डकेन्द्र सिंह लिम्बु लाई साथ सहयोग गरिने जनाइएको छ।

पार्टी प्रबक्ता सिबि साहद्वारा जारी बिज्ञाप्तिमा भनिएको छ ,हामी बिच भबिष्यमा समेत थप सहकार्य हुनेगरी अहिलेलाई उहालाई सहयोग गरिने निर्णय पार्टीले गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x