शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares
बुधबार २८ चैत  २०८०

काठमाडाैं / नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।   बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो ।

एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x